हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

चितवन, चैत २ —
चितवनमा हनि ट्र्याप प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालिका नगरपालिका–७ नमुना टोलकी १८ वर्षीया एनी तामाङ (फेसबुक नाम) र सोही ठाउँका २५ वर्षीय विजय सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–३ का ४९ वर्षीय पुरुषलाई सामाजिक सञ्जालमार्फत चिनजान बनाएर हनि ट्र्यापमा पार्ने प्रयास गरिएको थियो।

प्रहरीका अनुसार एनीले आफू २५ वर्षको भएको बताउँदै फेसबुकबाट चिनजान गरेपछि फोनमा समेत नियमित कुराकानी हुँदै आएको थियो। त्यसपछि एनीले ती पुरुषलाई जुटपानीको मिठुचोकबाट गुम्बा जाने भित्री बाटोमा भेट्न बोलाएकी थिइन्।

उक्त स्थानमा पुगेपछि योजनाबद्ध रूपमा अन्य व्यक्तिलाई समेत बोलाई ती पुरुषमाथि कुटपिट गरी उनको साथमा रहेको स्कुटर लुटेर फरार भएको आरोप छ।

सेयर गर्नुहोस्