जनकपुरमा रेलको लिक क्रस गरिरहेको मोटरसाइकललाई रेलले किच्यो, चालक घाइते

जनकपुर, असोज १७ गते ।

रेलको ठक्करबाट लिक क्रस गरिरहेका एक जना मोटरसाइकल चालक घाइते भएका छन् । जनकपुरबाट जयनगर चल्ने नेपाली रेलको ठक्करबाट मोटरसाइकल किचिएर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

हिजो मङ्गलवार साँझ ७ः३० बजेको समयमा ्जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेलले जनकपुरको सीता चोक नजिक लिक क्रस गरिरहेको प्र–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकललाई किचेको थियो । ठक्करबाट मोटरसाइकल चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ का २६ वर्षीय राकेश यादव घाइते भएका छन् ।

यादवको दायाँ खुट्टा र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनुसाले जनाएको छ । उनको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

सेयर गर्नुहोस्