प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानबाट सरकारले कानून र लोकतन्त्रको सर्वोच्चता स्थापित दाबी गरेका छन् ।
बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘उच्चपदस्थहरू र देशको एउटा वर्ग कानूनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण शुरू भएको छ।’प्रधानमन्त्रीले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने दाबी गरे ।उनले हिजोबाट प्रधानमन्त्री निवास (बालुवाटार) नै निल्न खोज्ने ललितानिवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी तथा सहकारीका ठगहरूमाथि पनि कारवाही शुरू भइसकेको बताए ।