वीरगञ्जमा श्रीमानद्धारा छुरा प्रहार गरि श्रीमतिको हत्या

पर्सा, कार्तिक ६ गते ।

पर्सा जिल्लाको विरगञ्जमा श्रीमानको छुरा प्रहारबाट श्रीमतिको हत्या भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ बहुअरी निवासी महिमा खातनुको छुरा प्रहार गरिे हत्या भएको हो । शनिबार राति श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको आईतबार मृत्यु भएको हो ।

श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको वीरगञ्ज स्थित रहेको वीरगञ्ज हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ध्रुव कुमार श्रेष्ठले बताउनु भयो । मृतकको शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको र घटना बारे अनुसन्धान भइरहेकोले थप विवरण पछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिनुभएको छ।

छुरा प्रहार गर्ने आरोपति श्रीमान इजहारुल हक अंसारी फरार रहेको र घटनामा सलंगन इजहारुलको जेठी श्रीमती नुर जहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्