नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा धान रोपेर धान दिवस मनाएका छन् ।भरतपुर महानगरपालिका २४ मा रहेको केरुङ्गा सामुहिक तरकारी कृषि फर्ममा आयोजित कार्यक्रममा ओली र ओली पत्नी राधिका शाक्यले धान रोपे ।मेशिनले रोपेपछि ओलीले हातले धान रापेका थिए । धान रोप्न केरुङ्गा पुग्नु अघि बिहान धान दिवसको अवसरमा विशेष संवोधन गर्दै ओलीले सम्पूर्णलाई धान दिवसको शुभकामना दिए ।धान दिवसको शुभकामना दिँदै ओलीले राष्ट्रिय अन्न धानलाई तीव्र गतिमा बढाउनु पर्ने आवश्यकता रहेको औंल्याए
नेपाल कृषि प्रधान देश भएकाले नै नाकाबन्दीले पनि देशलाई गलाउन नसकेको उनको भनाइ थियो । उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको भन्दै यसतर्फ सबैको ध्यान पुग्नुपर्ने बताए ।चितवन उर्वर जिल्ला भएको बताउँदै उनले चितवनबासीसँग धान उत्सव मनाउन, धान रोप्न र यसको सन्देश देशभर नै दिन भनेर आफू चितवन आएको उनको भनाइ थियो । धान रोपिसकेपछि ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेका छन् ।धान दिवस मनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि चितवन पुगेका छन् । चितवनमा आयोजित विभिन्न कार्यक्रम, पार्टीको वडा कार्यालय उद्घाटन गरेर सकेपछि लामिछाने धान दिवस मनाउन भरतपुर २३ पुगेका छन् । कसरामा आयोजित धान रोपाईं कार्यक्रममा उनी धान रोपाईंमा सहभागी भए ।