बाराको सिमरामा भयानक दुर्घटना, एकको मृत्यु दजर्नौ घाइते

बारा, कार्तिक १२ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमराको मुख्य चोकमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
पर्साको बिरगञ्ज स्थित नगवा टोलबाट चितवनको जलविरे झरनामा वनभोज गर्न गएको ५० जनाको टोली राती ९ बजेर ३५ मिनेटमा सिमरा चौक आइपुगेको थियो । अगाडीबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस अनियन्त्रित भई सडकको पुर्वपट्टी साइड लेनमा दुर्घटनामा परेको हो ।

दुर्घटना लगत्तै सिमरा २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, जीतपुरसिमराका नगर प्रवक्ता भोज बहादुर खत्री लगाएतको स्थानियको टोली घटना स्थलमा उद्धारको लागी पुगेको थियो । उद्धारको क्रममा बसमा च्यापिएको अवस्थामा रहेका केहीलाई बाहिर निकालिएको थियो ।

राष्ट्रिय वाणिज्य वैँक भएको घरको तल्लो तल्लाको अगाडीको भागमा बस ठोक्किन पुगेको थियो । त्यसैगरी बिजुलीको खम्बा, इन्टरनेटको तार र घरमा रहेको व्यवसायिक सटरमा समेत क्षती पुगेको छ ।

ना।७ ख ४७४९ नम्बरको तारकेश्वर नामको वस दुर्घटना हुँदा एक जनाको बिरगञ्ज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन । त्यसैगरी अन्य ३ जना गम्भिर घाइते अवस्थामा छन् । दजर्नौ यात्रुहरुको हातखुट्टा भाँचिएको छ भने अन्य केहीको हात, खुट्टा, निधार, ढाड र छातीमा चोट लागेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रदिप बहादुर क्षेत्रीको भनाई छ ।

दुर्घटनामा परी घाइते हुनेहरुको अहिले सिमरा स्थित अल्पाईन अस्पताल, बिरगञ्ज स्थित वयोधा अस्पताल र एस।एस। न्युरोमा उपचार भईरहेको बताईएको छ । प्रहरीले घाईते अवस्थामा रहेका ११ जनाको नाम सार्वजनिक गरेको छ । घाइते हुनेहरु प्राय बिरगञ्जका छन्भने कलैयाका २ जना र जीतपुरसिमराका १ जना रहेका छन् ।

यता बसका चालक भने फरार छन् । प्रहरीका अनुसार जीतपुरसिमरा २ का सहचालक अनिश राई घाइते अवस्थामा उपचाररत् छन् । प्रहरी प्रमुख क्षेत्रीका अनुसार बस द्रुतगतीमा रहेका कारण दुर्घटना भएको अनुमान छ । बनभोजबाट फर्किएका कारण चालकले मदिरा सेवन गरी सवारी चलाएको हुन सक्ने प्रत्यक्षदर्शीको भनाई छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पथलैया(बिरगञ्ज औगोगिक करिडोर निर्माणाधिन अवस्थापछीको यो पहिलो ठुलो दुर्घटना हो । ६ लेन सडकको निर्माण कार्य सम्पन्न नहुँदै यो क्षेत्रमा दुर्घटना संख्या बढ्दो अवस्थामा छ ।

सेयर गर्नुहोस्