जीतपुरसिमरामा मोटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्यु, दुइ घाइते

बारा, मंसिर ३० गते ।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा टिपरले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल सवार जीतपुरसिमरा १५ की कृष्ण माया तामाङको घट्ना स्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । दुर्घटनामा मोटरसाईल चालक श्याम तामाङ र उनका छोरा घाईते भएका छन् ।

मोटरसाईकललाई ठक्कर दिने टिपर प्रहरीको नियन्त्रणमा भए पनि टिपर चालक भने फरार रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । चालकको खोजी र घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्