बारा, पुस २१ गते ।
एक डाक्टरको लापरवाहीको कारण एक युवकले आफ्नो हाँत गुमाउनु परेको छ । वीरगञ्जको आशाराम अस्पतालका डा. आलोक दासले पैसा कमाउने चकरमा लापरवाही गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का भोला कुमार साहले आफ्नो हाँत गुमाउनु परेको हो ।
डा. दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परिसकेको छ । पिडित भोला कुमार साहले डा. आलोकविरुद्ध जिल्ला प्रशासनमा उजुरी हालेका हुन् ।
डा. आलोक उपचारमा लापरबाही गरेको कारण आफ्नो हात काट्नु परेको बताउँदै उनीमाथि कारबाहीको माग गर्दै प्रशासनमा उजुरी गरेको भोलाले बताएका छन् । प्रशासनमा उजुरी हाल्दा समेत केही कारवाही हुन नसके पति पिडित पछ अदालतमा मुदा हाल्ने प्रकृयामा जाने तयारी गरेको पिडितका परिवारले जनाएको छ ।
२०८० कार्तिक १२ गतेमा भोलाको सीमावर्ती शहर रक्सौलबाट ट्याम्पो चढेर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । दुर्घटनामा भोलाको बायाँ हात भाँच्चिएपछि उनलाई रक्सौलको लक्ष्मीपुरस्थित एसआरपी मेमोरियल ट्रस्ट सुपर स्पेसियालिटी हस्पिटलमा उपचार गराउन लगिएको थियो । उक्त अस्पतालमा डा. आलोकको सुझाव अनुसार उनको हातको शल्यक्रिया गरेर स्टिल लगाइएको थियो । ‘शल्यक्रिया सफल भएको भन्दै चिकित्सकहरूले मलाई एक साता पश्चात् कार्तिक १९ गते डिस्चार्ज गरेका थिए । ‘ त्यस पूर्व डा. आलोकले मेरी आमालाई भेटेर ड्रेसिङका लागि रक्सौल नआउनु पर्ने बरु आफू वीरगञ्जमै कार्यरत रहेको आशाराम अस्पताल आउन सुझाव दिएको भोलाको आमाले बताइन ।
डा. को सुझाव अनुसार उनिहरु पहिलो पटक कार्तिक २१ गते ड्रेसिङका लागि आशाराम अस्पताल पुगेका थिए । ‘पहिलो दिन ड्रेसिङ गर्ने क्रममा डा. आलोकले घाउ ठिक भइरहेको बताउँदै दुई दिनपछि फेरी आउन भनिएको थियो ।
डा. आलोककै अनुसार उनी कार्तिक २३ आशाराम पुग्दा डा. आलोकले आफूसँग ड्रेसिङ सम्भव नहुने बताउँदै शल्यक्रिया गरिएको एसआरपी अस्पतालमै जान सुझाव दिए । त्यहाँ पुग्दा डा. अलिन्द्र किशोर नामक चिकित्सकले हातमा ठूलै समस्या भएको बताउँदै काट्नु पर्ने बताइएको थियो । ‘डा. आलोकले शल्यक्रिया भएकै अस्पतालमा जान भनेपछि नै भोलाको परिवारलाई शङ्का लागेको थियो ।
उक्त घट्ना पछि स्थानियहरुको सुझाव अनुसार थप उपचारका लागि भोला काठमाडौँस्थित बिनएण्डबी अस्पताल पुगे । त्यँहा चेकजाँच गराउँदा शल्यक्रियामा लापरबाही भएको कारण घाउमा इन्फेक्सन भएर हाँत काट्ने बाहेक अरु बिकल्प नरहेको जवाफ पाए । उपचारमा लापरबाही गरेर हात काट्ने बनाउने डाक्टरलाई कारबाही गरी क्षतिपूर्ति दिलाउन आग्रह गर्दै भोलाले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको छन् ।