माघ ५ गते जसपाले बीरगन्जमा `बलिदानी दिवस’ मनाउने

काठान्डौं, पुस २५ गते ।

जनता समाजवादी पार्टीले माघ ५ गते वीरगन्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले बताउनु भयो ।

नगरसभा गृहमा माघ ५ गते दिउँसो १२ः३० बजेदेखि सुरु हुने बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन जसपा महानगर समितिले पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिलपनि गरेको छ।

सेयर गर्नुहोस्