नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले काङ्ग्रेस कसैको इसारामा नचल्ने बताउनु भएको छ । नेपाली काङ्ग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी हो,हाम्रो पार्टी कसैको इसारा र ललिपपमा चल्दैन । नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र न २ ख चितवनले शनिबार भरतपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेलन लाई सम्बोधन गर्दै भट्टराईले काङ्ग्रेसको अगाडि अब कुनै पनि दलको तागतले काम नगर्ने प्रष्ट पार्नु भयो ।
नेपाली काङ्ग्रेस पहरो हो, पहरोसग कसैले कुहिनो ठोक्न गयो भने उ आफै घाइते भएर अस्पताल भर्ना हुनु पर्छ भट्टराईले भन्नू भयो हाम्रो पार्टी सग पनि जोरि खोज्नेहरुको हाल्त त्यस्तै हुन्छ । सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काङ्ग्रेसको राजनीति अब नयाँ शिराबाट अगाडि बढने बताउनु भयो । काङ्ग्रेस अब नयाँ शिराबाट राजनीति सगै सामाजिक काम गर्न चाहन्छ खनालले भन्नू भयो,अबको हाम्रो राजनीति समाज केन्द्रित हुनेछ ।
त्यस्तै भरतपुर महानगर सभापति चित्रसेन अधिकारीले काङ्ग्रेस अब आफ्ना कमिकमजोरीहरुलाइ सुधारेर जान आबश्यक रहेको टिप्पणी गर्नु भयो । हाम्रा बिचमा थुप्रै कमिकमजोरिहरु छन,बेलैमा ती कमिकमजोरिहरुलाइ सच्याएर अगाडि बढन सकिएन भने त्यसले कालन्तरमा ठुलो दुर्घटना निम्त्याउन सक्ने तर्क राख्नु भयो । सम्मेलनमा सचिबको प्रतिबेदन कृष्ण बिलास अधिकारी र कोषाध्यक्षको प्रतिबेदन राज कुमार रावतले प्रस्तुत गर्नु भएको थियोे ।सम्मेलनमा नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ,भरतपुर २ का वडा सभापति मनोज रानाभाट,७ का सभापति बिनोद बाबू ढ्काल,१२ का सभापति चित्र बहादुर भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियोे । नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र न २ ख का सभापति रोशन शाही ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सचिब रबिभद्र शर्मा खनालले गर्नु भएको थियोे ।