नवलपुर: गैंडाकोटमा रहेको साईनिङ आवासिय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको ज्यान गएको छ ।
गैडाकोट नगरपालिका–६ स्थित माईली साईली चोकको भित्री सडक खण्डमा विद्यालयको ना १ क ३६६७ नम्बरको बसले सोही स्कुलबाट माईली साईली चोक तर्फ जाने क्रममा शोभा थापा मगरको ५ वर्षीय छोरा स्वस्थि बाचेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाईते बालकलाई उपचारको लागि भरतपुर अस्पताल पठाईएको र त्यहाँबाट रिफर गरेर पुरानो मेडिकल कलेज पठाईएको थियो । घाईते बालकको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने बस र चालक चितवनको भरतपुर महानगरपालिका–३ बस्ने ४८ वर्षीय ढकबहादुर रानाभाट नियन्त्रणमा रहेका छन् ।