‘राम’ बन्न यस्तो तालिम लिँदैछन् रणवीर कपूर

बलिउड अभिनेता रणवीर कपूर ‘एनिमल’ फिल्मबाट धेरै चर्चा बटुलिरहेका छन्। उनले फिल्ममा एक्सन भूमिका गरेका थिए। यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो।

अब उनी एक्सन नभई शान्त पात्रको भूमिकामा देखिने छन्। उनी आगामी फिल्म ‘रामायण’ मा राम पात्रको भूमिकामा देखिदैछन्।

उनले राम पात्रको भूमिकाको लागि निकै मेहेनत गरिरहेका छन्। उनले आफ्नो भूमिकाको अभ्यास गर्दै फिल्मका निर्देशक नितेश तिवारीलाई पठाउँछन्। उनी आफूले निर्वाह गर्नुपर्ने भूमिका भयो कि भएन अथवा अझै कसरी मेहेनत गर्न सकिन्छ भनेर निर्देशकसँग संवाद गरिरहेका छन्।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनले पात्रको लागि कपाल, शरीर, हिँडाइ, बोली लगायत दैनिक क्रियाकलापमा सुधार गर्दैछन्।

पहिलोपटक यस्तो भूमिका पाएका रणवीर काम गर्न उत्साहित देखिन्छन्। यस फिल्मबाट आफूले धेरै कुरा सिक्ने उनले बताएका छन्।

सेयर गर्नुहोस्