चितवन मेडिकल कलेजले रचनात्मक कार्यक्रम गरी मनायो १७ औं बार्षिकोत्सव

चितवन । चितवन मेडिकल कलेजले आफ्नो स्थापनाको १७ औँ वार्षिकोउत्सव विभिन्न रचनात्मक कार्यक्रम गरि मनाएको छ । कलेजले आज भरतपुरस्थित कैलाशनगरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन मेडिकल कलेजले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

उहाँले सिएमसीले संस्थागत सामाजिक उत्तदायित्वअन्र्तगत आफ्नो सेवालाई ग्रामीण र विपन्न समुदायसम्म थप विस्तार गर्दै लैजानुपर्ने धाराणा राख्नुभयो । कार्यक्रममा भरतपुर अस्पताल विकास समितीका अध्यक्ष राजु पौडेलले कलेजले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रयत्नहरु गरेर थप उचाइ लिएको भन्दै आगामी दिनको लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो । मेडिकल सिटीको रुपमा परिचित चितवनलाई थप अगाडि बढाउन सरकारी तवरबाट भूमिका खेल्न हरदम आफूहरु तयार रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

यस्तै चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा हरिशचन्द्र न्यौपानेले सबैको पहल र सहयोगमा स्थापनाको १७ औँ वर्षसम्म आइपुगेको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले चितवन मेडिकल कलेजको भविष्य आफ्ना विद्यार्थीहरुसँग जोडिएको बताउंँदै अनुशासन र मेहनेतका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा कलेजका प्रार्चाय प्रा.डा ममता तिवारीले शैक्षिक गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शैक्षिक निर्देशक प्रा.डा गोपेन्द्र प्रसाद देव , अस्पताल निर्देशक प्रा.डा दयाराम लम्साल, भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष युद्ध प्रसाद श्रेष्ठ , चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा , कलेजका शैक्षिक उपनिर्देशक अरुण कोइराला लगायतको सहभागिता रहेको थियो । वार्षिकोत्सवको अवसरमा कलेजमा कलेजमा माघ २५ देखि फागुुन १ गतेसम्म सप्ताहव्यापी रुपमा आयोजना गरिएको थियो । कलेजले खेलकुद तथा सांस्कृतिक कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो ।

साथै कार्यक्रममा कलेजका विद्यार्थीहरुले विविध साहित्यीक तथा साँस्कृतिक प्रस्तुती दिएका थिए ।

सेयर गर्नुहोस्