व्यवसायी पण्डितले गरे पुख्र्यौली थलोमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगरका उपेन्द्र पण्डीतले आफ्नो पुख्र्यौली थलो तनहुँको रतनपुर पुगेर एक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । भानु नगरपालिका वडा नम्बर १२ को श्री राष्ट्रिय जलदेवी आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई उहाँले आज शैक्षिक सामाग्री, सरसफाइका सामाग्री र बिद्यालयलाई आबश्यक नक्सा, ग्लोब जस्ता सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।

सो बिद्यालयमा ३८ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । ती बिद्यार्थीलाई एक वर्षलाई पुग्ने शैक्षिक र सरसफाईका सामाग्रीहरु बितरण गर्नुभएको हो । यस संगै बिस्कुट लगाएतका खाध्ययन्नहरु पनि बितरण गर्नुभएको छ । पण्डितले बिद्यालयका प्रध्यानाध्यापक रिना गुरुङ्लाई ग्लोब, नक्सा लगाएतका शैक्षिक सामाग्री समेत प्रदान गर्नुभएको छ । पण्डित हालै मात्रै उद्योग बाणिज्य संघ चितवनको सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँले भन्नुभयो “मैले आफ्नो जन्मदिनमा फजुल खर्च घटाएर आफ्नो पुख्र्यौली थलोका बिद्यार्थी र बिद्यालयलाई सहयोग गरेको हुँ ।” बिद्यालयका प्रध्यानाध्यापक गुरुङ्ले बिद्यार्थी र बिद्यालयलाई अत्याबश्यक सामाग्रीहरु बितरण गरेर निकै सहयोग पुगेको बतउनुभयो । सक्नेले आफ्नो जन्मदिन यसरीनै मनाएमा बिपन्नलाई सहयोग पुग्ने उहाँको भनाई छ ।

सेयर गर्नुहोस्