दुग्ध उत्पादक सहकारीहरुले सडकमा पोखे दुध

चितवन ।  जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले संकेतीक बिरोध स्वरुप आज केन्द्रीय वस ट्रमिनल चोकमा दुध पोखेका छन् । उनीहरुले लामो समय सम्म भूक्तानी नपाएको र जिल्लाबाट उत्पादीत दुधको बजारीकरणमा समस्या भएको भन्दै सडकमा दुध पोखेर बिरोध जनाएका हुन । उनीहरुले ८० लिटर दुध सडकमा पोखेर बिरोध प्रदर्शन गरेका हुन । बिरोध प्रदर्शन अघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. ले दुध तथा दुग्धजन्य पदार्थ बिक्रि बितरणमा सहज गर्नु पर्ने, किसानको दुधको भूक्तानी नियमीत उपलव्ध गराउनु पर्ने माग राखेका थिए । जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ ।

जस मध्ये १ लाख ५० हजार लिटर दुध जिल्ला बाहिर जाने गरेको छ । संघका अध्यक्ष बिशोर वगालेले बिगत पाँच दिन देखि जिल्लामा उत्पादीत दुध बिक्रि हुन नसकेको भन्दै वजारको सहजीकरणका लागि सरकारसंग आग्रह गर्दा समेत सुनुवाई हुन नसकेको बताउनुभयो । आँफुहरुले प्रदेश सरकार र संघिय सरकारका मन्त्री, मुख्य मन्त्री र प्रधानमन्त्रीलाई समेत दुग्ध उत्पादक किसानको समस्याको बारेमा जानकारी गराउँदा पनि समस्या समाधान हुन नसके पछि आन्दोलनमा उत्रनु परेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “चितवनका दुग्ध उत्पादक किसनहरुले श्रावण देखि यताको रु ५२ करोड निजी डेरी उद्योग र दुग्ध बिकास संस्थानसंग लिन बाँकी रहेको छ । भूक्तानी समयमा नपाउँदा किसान मर्ने अबस्थामा आए ।” दुधको भूक्तानी नपाउनु र दुध बिक्रि नहुँदा पशुपालक किसान पलायन हुने अबस्थामा आएको उहाँले बताउनुभयो । केन्द्रीय दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले किसानको समस्या प्रति सरकारको ध्यान नपुगेपछि आन्दोलनमा आउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो “विकल्पको खोजीमा हामी धेरौ भौतारीयौ । बिकल्प नपाएर सडकमा आएका हौ ।”

सरकारले आँफुहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै उहाँले बजारमा प्रतिवन्धित दुग्धजन्य वस्तुहरु आउँदा समस्या भएको बताउनुभयो । दुग्ध उत्पादक किसानको समस्या समाधान नभए थप आन्दोलनमा जान किसान तयार रहेको उहाँको भनाई थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कृषकका समस्या समाधान गर्न स्थानिय प्रशासनले तदारुपताका साथ काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “किसानका जायज मागलाई सम्बोधन गर्दै वजारमा देखिएका समस्याहरु समाधान गर्न लाग्ने छौ ।” भूक्तानीको बिषयमा गृह मन्त्रालय मार्फत आबश्यक पहल गरिने उहाँको भनाई थियो ।

सेयर गर्नुहोस्