चितवन । चितवनमा ५४२ केजी गांँजा सहित दुईवटा ट्रक र दुईजना लाई नियन्त्रणमा लिईएको छ ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आज बिहान ८ः०० वजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा चेकजांँचका क्रममा उक्त परिमाणमा गांँजा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीले ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रक सामान पल्टी गरी शंकास्पद अवस्थामा रोकी राखेकोले उक्त दुवै वटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला पारेको हो ।
प्रारम्भिक अनुसन्धान गर्दा उक्त गाँजा धादिङको मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा पल्टि गरेको थाहा हुनासाथ ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक जिल्ला धनकुटा छथर जोरपाटे गाउंँपालिका वडा नं. ३ का रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नम्बर ४ का खुशीराम थारुलाई नियन्त्रणमा लिइएको हो ।
दुवै ट्रक र लागुऔषध गाँजा बरामद गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।