फर्मा एक्स्पोको अवसरमा अन्तरक्रियात्मक गोष्ठी

चितवन । चितवनमा भोलिदेखि हुने नवौं नेपाल फर्मा एक्स्पो २०२४ को पूर्वसन्ध्यामा आज औषधीजन्य क्षेत्रका जनशक्तिलाई लक्षित गरी अन्तक्र्रियात्मक गोष्ठी गरिएको छ । नेपाल औषधी उत्पादक संघको आयोजनामा भरतपुरमा हुन लागेको फर्मा एक्स्पोको विविध कार्यक्रम अन्तर्गत आज फरक –फरक स्थानमा गोष्ठी सम्पन्न भएका हुन् ।

औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिको लागि आज भरतपुरको दियालो फूडल्याण्ड र चितवन मिड टाउन रिसोर्टमा बजार प्रतिनिधिको लागि अन्तक्र्रियात्मक गोष्ठी गरिएको हो । एपोनका क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठका अनुसार औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिलाई लागि पछिल्लो समय विश्वभर औषधी उत्पादन क्षेत्रमा भइरहेको मेसिन र प्रविधिको विकास बारेमा जानकारी गराइएको बताउनुभयो ।

सो गोष्ठीमा देशभरबाट आएका विभिन्न औषधी कम्पनीका १५० जनाभन्दा बढी प्राविधिक जनशक्ति सहभागी हुनुहुन्थ्यो । यस्तै सो गोष्ठीमा नेपाल र विदेशबाट आएका मेसिन सप्लायर्स र औषधी उत्पादक क्षेत्रबाट आएका वक्ताहरुले पछिल्लो समयमा औषधी उत्पादनका क्षेत्रमा विकास भइरहेका प्रविधि र मेसिनबारे जानकारी गराउनु भएको थियो भने सहभागीहरुले जिज्ञासा राख्नु भएको थियो ।

औषधी क्षेत्रका बजार प्रतिनिधिसँग पनि अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको एपोनका मार्केटिङ सर्कल संयोजक दिपेश प्रधानले जानकारी दिनुभयो । गोष्ठीमा देशभरबाट आएका ८० जना मेडिकल प्रतिनिधी र ३५ जना क्षेत्रीय म्यानेजरको उपस्थिती रहेको थियो । गोष्ठीमा विभिन्न कम्पनीका बजार प्रतिनिधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई संयुक्त रुपमा व्यवसायिक क्षमता अभिवृद्धिको लागि तालिम सहितको अन्तक्र्रियात्मक गोष्ठी गरिएको संयोजक प्रधानले जानकारी दिनुभयो ।

औषधी क्षेत्रको बजार प्रतिनिधीहरुलाई नियमित रुपमा क्षमता अभिवृद्धिको कार्यक्रम गरिएपनि एक्स्पोको अवसरमा संयुक्त रुपमा गरिएको गोष्ठीले एकआपसको कम्पनीको भाइचारा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । औषधि उत्पादनका क्षेत्रमा भएका नयाँ नयाँ प्रविधि विकासलाई एकै थलोमा राखेर जानकारी उपलब्ध गराईएको उहाँको भनाई छ ।एक्सपोकै अवसरमा विभिन्न गोष्ठी, तालिम र अन्तक्र्रिया कार्यक्रमहरु हुनेछन् । जहाँ प्रविधि, ज्ञान र सीपको आदानप्रदान हुनेछ ।

सेयर गर्नुहोस्