सुनको मूल्य बढ्ने क्रम रोकिएन

काठमाडौं आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ।

यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सेयर गर्नुहोस्