काठमाडौं : इजरायलले गाजा क्षेत्र खाली गर्न उर्दी जारी गरेको छ ।
इजरायली सेनाले हेलिकोप्टरबाट पर्चा छर्दै गाजा क्षेत्रका सबैलाई ठाउँ छोड्न चेतावनी दिएको हो ।इजरायलले गाजा क्षेत्रलाई ‘डेन्जरस कम्ब्याट जोन’ भन्दै त्यहाँ नबस्न आदेश जारी गरेको बीबीसीले जनाएको छ ।
इजरायली सेनाको उर्दीलाई लिएर संयुक्त राष्ट्रसंघले भने गम्भीर चासो व्यक्त गरेको छ । गाजा क्षेत्रमा युद्ध सुरु भएयता इजरायलले दोस्रो पटक यस्तो आदेश जारी गरेको हो ।
गाजामा अहिले पनि २ लाख ५० हजार मानिस बसोबास गरिरहेको अनुमान छ ।