काठमाडौं, अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘जेरी अन टप’को क्रिएटिभ भूमिकाको लागि ‘कन्टेन्ट क्रिएटर’को रुपमा चर्चित साइग्रेस पोखरेल अनुबन्धित भएका छन् ।
सामाजिक सञ्जालमा पछिल्लो समय ‘कन्टेन्ट क्रिएटर’को रुपमा चर्चित पोखरेल र निर्माता सरोज न्यौपानेबीच बिहीबार लिखित सहमति भएको छ । पोखरेलले यो फिल्ममा पटकथा र संवादको पक्ष केलाउनेछन् । ‘स्क्रिप्ट र डायलग सहित क्रिएटिभ पार्टको लागि उहाँले काम गर्नुहुनेछ’ न्यौपानेले अनलाइनखबरसँग भने ।
फिल्ममा अनमोल सहित आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका हुनेछ । अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहनेछ । फिल्मको प्रदर्शन भ्यालेन्टाइन्स डेको सन्दर्भमा फागुन २ गते रिलिज हुँदैछ ।