काठमाडौँ, कात्तिक २४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार (कार्तिक २५ गते) फेरी पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले छठ पर्व चल्दै गर्दा केही दिन प्रदर्शन रोकेको थियो ।
छठ सकिए लगत्तै पुनः प्रदर्शनका कार्यक्रम जारी राख्ने उद्देश्यले रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि’ पोखरामा बिहान १० बजे प्रदर्शन गर्ने भन्दै रास्वपाले प्रचारप्रसार गरिरहेको छ ।