एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसले गर्ने

काठमाडौँ, कार्तिक ३०–

नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रशारण भारतीय चर्चित च्यानल स्टार स्पोर्टसले गर्ने भएको छ ।

क्यानले आज औपचारिक रुपमा स्टार स्पोर्टस अफिसियल ब्रोडकास्ट पार्टनर रहेको जानकारी दिएको हो । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा कुल ८ वटा फ्रेन्चाइज टिमहरु रहेका छन् ।

यस लिगमा भारतीय चर्चित क्रिकेटर शिखर धवन, मार्टिन गुप्टिल, बेन कटिङलगायतका विश्वस्तरीय खेलाडीहरु खेल्दैछन् ।

सेयर गर्नुहोस्