नारायणगढ–मुग्लिन सडकमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा छ जना घाइते

चितवन: नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ रिद्धिखोला नजिकै रोकिराखेको ट्रकमा ठोक्किएर बसमा सवार छ जना घाइते भएका छन् ।

आज बिहान साढे ४ बजेको समयमा भैरवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ८५५१ नम्बरको बस सडक छेउमा रोकिरहेको मधेस प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकको पछाडि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्रकमा ठोक्किएर बसमासवार कास्की पोखरा महानगरपालिका–२६ बस्ने वर्ष ७० की विष्णुमाया राजभाट, सोहि ठाउँ बस्ने ६० वर्षीय लक्ष्मी देवकोटा, रुपन्देही कटरीमाई गाउँपालिका–५ बस्ने ३९ वर्षीय हरी शंकर यादव, कपिलवस्तु बुद्धभूमी नगरपालिका–४ बस्ने ३४ वर्षी सोमलाल गिरी, तनहु ब्यास नगरपालिका–८ बस्ने ३३ वषीय सन्दिप तिमल्सेना र बारा कलैया नगरपालिका–३ बस्ने २० वर्षीय पुनम चौधरी घाइते भएका हुन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्