निर्भानाले सुरु गर्यो कला प्रदर्शनी

फागुन २४, काठमाडौं
काठमाडौं सीतापाइलामा रहेको निर्भाना एकेडेमीले आजबाट कला प्रदर्शनी सुरु गरेको छ। नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनी दुई दिनसम्म चल्नेछ । निर्भाना एकेडेकीका प्रधानाध्यापक निराजन अधिकारीले निर्भानाको नियमित कला प्रदर्शनीको दोस्रो संस्करण आजबाट सुरु भएको जानकारी दिए ।

निर्भानाले गत सालपनि कला प्रदर्शनी गरेको थियो । गत साल चित्रकार दिनेश चापागाईंले प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयको नियमित कार्यक्रमका रूपमा प्रदर्शनीलाई अगाडि बढाएको अधिकारीले बताए । ‘निर्भानामा ५० देखि ६० जनाको एउटा आर्ट क्लब छ’, उनले भने, ‘त्यो क्लबमा वर्षभरिमा आर्ट शिक्षकले जुन सीप सिकाउनुहुन्छ ती चित्रहरूलाई कम्पाइल गरेर उत्कृष्ट चित्ररूलाई काउन्सिलमा प्रदर्शनीमा राख्ने गरिन्छ ।

विद्यालयले पनि आर्टहरू सिकाउनसक्छ र विद्यालय स्वयंमले एकल प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने नमूना स्थापित गर्न खोजेको हो उनले बताए । यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावक उतिकै उत्साहित रहेको उनको भनाइ छ । विद्यालयस्तरमा नै यस्ता कलाहरू सिकाउन सके मात्रै भविष्यमा उत्कृष्ट चित्रकार बन्न सक्ने अधिकारीले बताए।

सेयर गर्नुहोस्