अहमदाबाद विमान दुर्घटनाः २१० जनाको डीएनए मिल्यो, १८७ शव परिवारलाई हस्तान्तरण

भारत गुजरातका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले अहमदाबाद विमान दुर्घटनामा मारिएका २१० जनाको डीएनए मिलेको बताएका छन्।

उनले १८७ शव परिवारलाई हस्तान्तरण गरिएको बताए।

पटेलले इन्स्टाग्राममा पोस्ट गर्दै जुन १९ मा बिहान ८स्३० बजेसम्मको अपडेट दिए र बाँकी शवहरू चाँडै नै परिवारलाई हस्तान्तरण गरिने बताए।

जुन १२ मा गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर एआई१७१ दुर्घटनाग्रस्त भएको थियो। यस विमानमा कुल २४२ जना सवार थिए।

दुर्घटनामा एक जना बाहेक सबै २४१ जनाको मृत्यु भयो। यसबाहेक घटना स्थलमा उपस्थित अन्य २९ जनाको पनि मृत्यु भएको थियो। बिबिसी

सेयर गर्नुहोस्