असार २८ , काठमाडौ
काठमाडौको नयाँ बानेश्वोर शान्तिनगर ओम शान्ति चोकमा अवस्थित एमिल एकेडेमी इन्टरनेशनल विद्यालयले आज एक बिशेष कार्यक्रम गरी SEE २०८१ मा ४ GPA ल्याएका ६ जना र उच्च GPA प्राप्त गरेका अन्य सबै १६ गरी जम्मा २२ जना विद्यार्थीहरुलाई एकै साथ सम्मान गरेको छ। २२ जना विद्यार्थीहरु मध्ये झन्डै २८ प्रतिसत विद्यार्थीहरुले ४ GPA प्राप्त गरेका थिए।

काठमाडौ महानगरपालिका वाडा नम्बर ३१ का जनप्रतिनिधि हुमा देवी आचार्य, अप्सरा खनाल , समाजसेवी धन आछामी, बद्री फैजु , निलकण्ठ गौतम लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम विद्यालयका सस्थापक तथा ब्यबस्थापन समितिका अध्यक्ष टेक प्रसाद चौलागाइको अध्यक्षतामा आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै जनप्रतिनिधि हुमा आचार्य र अप्सरा खनालले विद्यालयले प्राप्त गरेको नतिजाको खुलेर प्रसंसा गर्नुभयो। विद्यालयका डाइरेक्टर ध्रुब राज बिस्टले उपस्थित अथितिलाई स्वागत गर्दै लामो समय देखि विद्यालयले प्राप्त गर्दै गरेको उत्कृ ष्ट नतिजाको पछाडी विद्यालय प्रशासन , अभिभावक तथा विध्यार्थीको उतिकै मेहनत रहेको कुरा बताउनुभयो।

विद्यालयका डाइरेक्टर राजेन्द्र खनाल र गणेश सुबेदीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका प्रीन्सिपल श्रीकृष्ण थापाले शिक्षण सिकाइमा सबैको सहयोगले राम्रो नतिजा प्राप्त गरेको कुरा बताउनुभयो। कार्यक्रममा आफ्नो १२ वर्से अनुभव सुनाउदै उपस्थित सबैलाई भावुक बनाउनुभएको थियो। कार्यक्रममा गत वर्ष कक्षा १० मा अध्यापन गराउने सबै शिक्षक हरुलाई सम्मान गरिएको थियो।






