बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी

नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएको छ ।

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा नाबालक विद्यार्थीहरूलाई विद्यालय पोसाकमै जान उक्साउने, विभिन्न गतिविधि गर्ने, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको भन्दै संघले जाहेरी दिएको हो ।

नेविसंघका केन्द्रीयहरू सदस्य मनिषजंग थापा, अशोक सिंह विष्ट र विजय शाहले संयुक्त रूपमा हस्ताक्षर गरेर किटानी जाहेरी दिएको नेविसंघ केन्द्रीय सदस्य अशोकसिंह विष्टले जानकारी दिए ।

जाहेरी दर्ता भएको २४ घण्टाभित्र अभियुक्तहरूलाई पक्राउ गरेर कारबाही गर्न पनि नेविसंघले अल्टिमेटम दिएको छ ।

सेयर गर्नुहोस्