जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेनः महेश

जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले  लगाएका छन् ।

बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो आरोप लगाउँदै कारबाही गर्न समेत माग गरेका छन् ।

‘ब्ल्याक–एनर्जीको प्रतिक ‘लुसिफर’ को नामले चिनिँदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने, उनको स्वतन्त्र पार्टी र मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन् । यीनलाई उचित कारबाही गर्नुपर्छ,’ बस्नेतले बैठकमा भनेका छन् ।

सेयर गर्नुहोस्