टी–२० विश्वकप छनोटः नेपाल र सामाओ भिड्दै, नेपालका तीन खेलाडी परिवर्तन

ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तरगत आज अन्तिम खेलमा नेपाल र सामाओ भिड्दै छन् ।

मस्कटमा जारी खेलमा सामाओ विरुद्ध नेपाल पहिले ब्याटिङ गर्दैछ । सुपर सिक्सको शीर्ष स्थानमा रहेको नेपालले आजको अन्तिम खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा अलराउण्डर करण केसी, आरिफ शेख र स्पिनर ललित राजवंशी मैदानमा उत्रिदैछन् ।

सुपर सिक्समा नेपाल शीर्ष स्थानमा रहँदा सबै खेल खेलेको ओमान समान ८ अंकका साथ दोस्रो स्थानमा छ भने युएई ६ अंकका साथ तेस्रो स्थानमा छ । यी तिनै टिम आगामि वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा छनोट भइसकेका छन् । आजको खेलमा विजयी भए नेपाल विजेता बन्ने छ भने झिनो अन्तरले पराजित भए पनि उपाधि जित्ने छ ।

सेयर गर्नुहोस्