नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटको ‘रोस्टर अफ’ गरेको छ। उडानका क्रममा भिडिओ र फोटोग्राफी गरेको भन्दै क्याप्टेन विजय लामा र सोनी राणालाई अर्को सूचना नभएसम्म विमान उडाउन रोक लगाएको हो।
उडान सञ्चालन सुरक्षा नियमको बर्खिलाप गरेको भन्दै प्राधिकरणले कारबाही गरेको जनाएको छ। उनीहरुले कारबाही फुकुवा नभएसम्म विमान उडाउन पाउनेछैनन्।







