नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजले मुस्ताङ राईसलाई आधिकारिक फुड पार्टनरको रुपमा जोेडेको छ । एनपीएलको दोस्रो सिजनका लागि चितवन राईनोजले ‘मुस्ताङ राईस’लाई फुड पार्टनरको रुपमा जोेडेको हो ।
चितवन राईनोज बागमती प्रदेशको चितवन शहरलाई प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिगमा सहभागी छ । चितवनबाट उत्पादन हुदै आएको मुस्ताङ राईस नेपालको प्रिमियम राईसको रुपमा स्थापित ब्राण्ड हो ।
चितवन राईनोजका अध्यक्ष आयुष न्यौपानेले मुस्ताङ राईससँगको सहकार्यले टिमको योजना र लक्ष्यमा उत्साह थप्ने बताउनुभयो । मुस्ताङ राईसका निर्देशक किरण न्यौपानेले चितवनको गौरव बढाउने टिमसँग जोडिन पाउनु गर्वको विषय रहेको बताउनुभयो ।
चितवन राईनोज नेपाल प्रिमियर लिगको दोस्रो सिजनको लिग तालिकामा चौथौं स्थानमा छ । चितवनले चार खेलमा दुईमा जित, दुईमा हार सहित चार अंक जोडेर तालिकाको चौथों स्थानमा छ ।







