सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित एक होटेलमा छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। गए राती करिब ११ः१० बजे होटल पार्क साइटमा चारतले माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।

घुम्न सौराहा आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर अस्पताल, टाँडीमा पुर्‍याइएको थियो। तर उनको उपचारकै क्रममा राति ११ः४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सेयर गर्नुहोस्