मस्कोमा विस्फोट, २ प्रहरी अधिकारीको मृत्यु

मस्कोमा भएको विस्फोटमा २ प्रहरी अधिकारीको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् ।

दुई ट्राफिक प्रहरी अधिकारीहरूले येलेत्स्काया स्ट्रिटमा रहेको प्रहरी कार नजिकै एक शङ्कास्पद व्यक्ति देखेका थिए । उनीहरू ती व्यक्तिलाई पक्राउ गर्न जाँदा विस्फोटक पदार्थ विस्फोट भएको थियो ।

रुसको अनुसन्धान समितिका अनुसार दुई प्रहरी अधिकारी र एक जना सर्वसाधारणको मृत्यु भएको छ । यसअघि सोमबार मस्कोमा भएको कार बम विस्फोटमा एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको थियो । -एजेन्सी

सेयर गर्नुहोस्