होटेल पौवा भरतपुरमा ‘न्यु इयर इभ लाइभ म्युजिक’ कार्यक्रम हुने

चितवनको भरतपुरमा रहेको होटेल पौवाले अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही पुस १६ गते (डिसेम्बर ३१) का दिन ‘न्यु इयर इभ लाइभ म्युजिक’ कार्यक्रम हुन लागेको हो । कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा चर्चित गायक रमेशराज भट्टराई र गायिका भुमिका गिरीको प्रस्तुति रहने होटेल पौवा भरतपुरका म्यानेजर विजय न्यौपानेले जानकारी दिनुभयो । ‘हामी कार्यक्रमको अन्तिम तयारीमा छौँ, नयाँ वर्ष साझ मनाउन सबैमा निमन्त्रणा गर्दछौं’–खरेलले भने ।

होटेल पौवा केही महिना अघि मात्रै चितवनको भरतपुरमा शाखा संचालनमा ल्याएको हो । यहाँ स्तरीय कोठादेखि स्वादिष्ट परिकारको स्वाद लिन पाइन्छ ।

सेयर गर्नुहोस्