अत्याधिक चिसोका कारण एक जनाको मृत्यु भएको छ । अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण बढेको जाडोले कठ्याङ्ग्रिएर सिरहाको गोलबजार नगरपालिका-८ मुसहरी टोलका ५५ वर्षीया शिवदयाल सदायको मृत्यु भएको हो।
क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदाय आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको प्रहरीले जनाएको छ।






