चितवन उद्योग संघको कार्यसमिति महिला सदस्य पदमा बिन्जु राजकर्णीकार श्रेष्ठको उम्मेदवारी

भरतपुर । चितवन उद्योग संघको आगामी निर्वाचनका लागि बिक्यु फेसन जोन तथा बृषा ज्वेलर्स भृकुटीपथ नारायणगढमा सञ्चालन गर्दै आउनु भएकी महिला उद्यमी बिन्जु राजकर्णीकार श्रेष्ठ ले कार्यसमिति सदस्य (महिला) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

लामो समयदेखि महिला उद्यमशीलताको क्षेत्रमा सक्रिय रहँदै आउनु भएकी राजकर्णीकार श्रेष्ठले २०८२–२०८४ कार्यकालका लागि हुने निर्वाचनमा महिला नेतृत्वलाई सबल बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताउनुभएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा मत माग्ने समय अन्तिम चरणमा पुगेको सन्दर्भमा उहाँले चितवनका सम्पूर्ण उद्योगी तथा व्यवसायी मतदाताहरूसमक्ष भोट अपिल गर्नुभएको छ। उहाँले चितवन उद्योग संघमा महिलाको नेतृत्व क्षमता स्थापित गर्न आफूले संस्थागत रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राजकर्णीकार श्रेष्ठले भन्नुभयो, “अझै पनि समाजमा महिलालाई घरयासी काममै सीमित राख्ने सोच विद्यमान छ। तर आज महिलाहरू सक्षम, सबल र उद्यमशील छन्। उद्योग क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढाउन म उम्मेदवार बनेकी हुँ।”

चितवनमा पछिल्लो समय महिला उद्यमीहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले महिला अधिकार, महिला नेतृत्व र उद्यम विकासका सवालमा उद्योग संघभित्रबाट आवाज उठाउने बताउनुभयो।

महिला उद्यमीहरूको हक–हित संरक्षण, नीति निर्माण तहमा महिलाको पहुँच विस्तार तथा संघलाई अझ समावेशी बनाउने लक्ष्यसहित राजकर्णीकार श्रेष्ठले सबै उद्योगी मतदाताहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

सेयर गर्नुहोस्