नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालसँगको तालमेलमा आठ सिटमा उम्मेदवार टुंगो लगाएको हो ।
एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाको नाम टुंगो लगाएको हो ।
त्यसैगरी, एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति भइसकेको छैन






