न्यूजील्यान्डमा पहिरोमा पुरिएर कयौँ बेपत्ता, खोजी कार्य तीव्र

न्यूजिल्यान्डको उत्तरी आइल्यान्डस्थित माउन्ट माउगानी पर्वतको आधार शिविरको क्याम्पिङ स्थलमा पहिरो जाँदा कयौँ बेपत्ता भएका छन् ।

पहिरो स्थानीय समयअनुसार बिहान ९ः३० बजे गएको बताइएको छ । पहिरो खसेर क्याम्पर भ्यान, कार, टेन्ट, शौचालय र नुहाउने ठाउँसम्म आइपुगेको बताइएको छ । बेपत्ता भइरहेकामध्ये कम्तीमा एक जना बालक रहेको आकस्मिक व्यवस्थापन मन्त्री मार्क मिचेलले भनेका छन् ।

पहिरो भित्र फसेकाहरूको जीवित उद्धार गर्न उद्धारकर्मीहरूले माटो खोस्रिरहेको भएपनि अहिलेसम्म कसैको पनि उद्धार नभएको बताइएको छ । न्युज नेपाल एजेन्सी

सेयर गर्नुहोस्