मिना खरेल भन्छिन् : “नेतृत्व पद होइन, जिम्मेवारी हो”

चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलले नेतृत्वलाई पद, हैसियत वा शक्ति प्रदर्शनसँग नभई जिम्मेवारी, सेवा र कर्मसँग जोडेर बुझ्नुपर्ने धारणा राखेकी छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन्, “नेतृत्व पद होइन, जिम्मेवारी हो, हैसियत होइन, कर्म हो।”

कांग्रेस चितवनले यतीबेला चुनावी अभियानलाई मध्यनजर गर्दै चितवन क्षेत्र नम्बर २ का विभिन्न वडा, टोल, गाउँ पालिकाहरुमा क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिरहेको छ ।

सोही कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको भेलामा उनले नेतृत्व भनेको अधिकारको प्रयोग गरेर आफू माथि उभिनु मात्रै नभएर जनताको भरोसालाई सम्मान गर्दै उनीहरूसँगै हिंड्नु भएको बताएकी छन् । यस्तै उनले जनताले विश्वास गरेर दिएको जिम्मेवारीलाई सेवा गर्ने अवसरका रूपमा लिनुपर्ने बताउदै, त्यो सेवा गर्न आफु तयार भएको उनको भनाई छ ।

उनी भन्छिन्, राजनीतिमा इमानदारी र पारदर्शिता बिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै “जनताको समस्या बुझ्ने, उनीहरूको आवाज सुन्ने र समाधानका लागि निरन्तर लाग्ने प्रतिबद्धता नै नेतृत्वको असली परिचय हो,” । लामो समय राजनितिकसंगै सामाजिक कार्यमा सकृय रह्दै आएको हुनाले आफुले चुनाव जित्दै गर्दै सबै नागरिकलाई समेटेर काम गर्ने बताईन् ।

म निरन्तर जनताको दु:ख सुखमा साथ दिएर अगाडि बढ्न चाहन्छु । यसपटक जनताले सही नेतृत्व छान्ने बेला हो, उहाँहरुले सही नेतृत्व र सही पाटीलाई अमुल्य मतदान गर्नुहुन्छ त्यसमा म विश्वस्त छु, उनले भनिन् । यस्तै खरेलले चितवन–२ मा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि भौति क पुर्वाधारको बिकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरूलाई संसदमा प्रभावकारी र सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।

सेयर गर्नुहोस्