काठमाडौँ – पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो १ बजे इस्लामावादस्थित लियाकत व्यायामशालामा हुनेछ । नेपालले आज चौथो खेल खेल्न लागेको हो ।
यसअघिका तीन खेलमा लगातार हार बेहोरेको नेपाल पहिलो जितको खोजिमा रहेको छ । सेमिफाइलनको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ ।
यसअघिका खेलमा नेपाल काजकिस्तान, श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन् ।
सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।






