भरतपुर – चम्पानगरस्थित हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयमा स्पाउज क्लब अफ आरसी नारायणगढ को आयोजनामा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री, क्यालकुलेटर, स्कुल ड्रेस तथा जुत्ता वितरण गरिएको छ।
उक्त सामग्रीहरू पूर्व रोटरियन राजाराम सिटौला तथा वहॅाकी स्पाउज शान्ता सिटौलाको सौजन्यमा उपलब्ध गराइएको हो भने १० थान क्यालकुलेटर स्पाउस क्लवकी अध्यक्ष सुरक्षा श्रेष्ठले सौजन्य स्वरूप प्रदान गरेको थियो ।कार्यक्रमको अध्यक्षता स्पाउज क्लबकी अध्यक्ष सुरक्षा श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि रोटरी क्लब अफ नारायणगढका अध्यक्ष रोटरियन रामप्रसाद गजुरेल रहनुभएको थियो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव स्पाउज अञ्जु प्रधानले गर्नुभएको थियो।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रमप्रति विद्यालयका सहायक प्रिन्सिपल मीत्रलाल पौडेलले स्पाउज क्लब अफ आरसी नारायणगढ तथा सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गरेको थियो ।
उक्त कार्यक्रमको संयोजक स्पाउस अनु पन्तले गर्नुभएको थियो । कार्यक्रममा स्पाउज क्लबकी संस्थापक अध्यक्ष शान्ति उपाध्याय, निवर्तमान अध्यक्ष दुर्गा श्रेष्ठ, पूर्व अध्यक्ष निरा प्रधान, अनु पन्त तथा रोटरी क्लब अफ नारायणगढका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, रोहितकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष सेवन पन्त लगायतको उपस्थिति रहेको थियो।






