शिक्षक हित बचत तथा तथा ऋण सहकारी संस्था ललितपुरको १८औँ वार्षिक साधारण सभा संस्थाका संस्थापक अध्यक्ष श्री कृष्णप्रसाद घिमिरेज्यूको प्रमुख आतिथ्यतामा आज ललितपुरको जाउलाखेलमा सम्पन्न भएको छ। २ हजार भन्दा बढी सेयर सदस्य भएको यो सस्थाको आजको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री शुक्र थापाकोले गर्नुभएको थियो। ललितपुरको जाउलाखेलमा अवस्थित लब्लि बैक्वेटमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले शिक्षक हित बचत तथा तथा ऋण सहकारी संस्था ललितपुर जिल्लाको मात्र नभएर देशै भरिका सहकारी मध्ये उत्कृष्ठ भएको दावी गर्नुभयो।

कार्यक्रममा सधै झैँ यस बर्षपनि एम फिल / पी एच डि गर्नुहुने सेयर सदस्यहरु , जेष्ठ सदस्यहरु , SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु , उत्कृष्ट बाल बचत र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो।

सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष शुक्र थापाले शिक्षक हित साकोस ललितपुर जिल्लाका शिक्षकहरुको लागि मात्र नभएर जिल्ला बाहिरका शिक्षकहरुको लागि पनि आर्थिक कारोवार गर्ने भरपर्दो र विश्वासिलो संस्था भएको कुरा बताउनु भयो। उहाँका अनुसार संस्थाको वर्तमान अवस्था सोचे भन्दा राम्रो रहेको छ।

ललितपुर जिल्ला भरीका शिक्षकहरुको सहभागिता भएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष रमेश कुमार रिजालले संस्थाको आय व्ययको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै लेखा सुपरिवेक्षणको तर्फबाट प्रस्तुत गर्ने प्रतिवेदन लेखासुपरिवेक्षण समितिका संयोजक श्मेश ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो।

ललितपुर जिल्ला संघका सचिव अनिल बिर बज्राचार्यले सहकारी सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव प्रकाश खनाल, पूर्व अध्यक्ष माधवप्रसाद अधिकारी, बाबुराम थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति ललितपुरका अध्यक्ष देवीप्रसाद दुलाल,संस्थाका निवर्तमान अध्यक्ष हरिदेव यादव ,एमफिल गर्ने सम्मानित सेयर सदस्यको सुरेश प्रसाद घिमिरेले लगायतले सम्बोधन गर्नुभएको थियो।
बिहान ११ बजे बाट सुरुभएको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव सुरेन्द्र कुमार घिमिरेले गर्नुभएको थियो।
केहि तस्बिरहरु :









