२६ असोज, काठमाडौं ।
नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार दिउँसो २ गते शपथ ग्रहण हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन्।
असोज २२ गतेदेखि तीन दिन चलेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो।
तीन दिनसम्म चलेको प्रथम स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गरेको हो।
सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), , डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) ले आज केन्द्रीय सदस्यको शपथ लिनेछन्।






