नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ ।
सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






