नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो।
प्रतिस्पर्धात्मक खेलमा लुम्बिनीले जनकपुरसामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। जारी सिजनमा दुवै टोली तेस्रो जितको खोजीमा रहेकाले आजको खेललाई महत्वपूर्ण रूपमा हेरिएको छ।
लक्ष्य पछ्याउँदै मैदान उत्रने जनकपुर बोल्ट्सलाई जितका लागि २० ओभरमा १५० रन बनाउनुपर्नेछ।






