चाडबाडको शुभकामना सहित रक्तदान कार्यक्रम

ललितपुर , कार्तिक २१

दिपावली छठ तथा नेपाल सम्बत ११४७ को अवसर पारेर नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा ललितपुरको आयोजना र यल स्पोर्ट्स एकेडेमी बाफल ललितपुरको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। ललितपुरको बाफल स्थित यल स्पोर्ट्स एकेडेमीमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता १७ नम्बर वडाका वडा अध्यक्ष विनोद महर्जनले गर्नुभएको थियो।
“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने नाराका साथ आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ५ दर्जन भन्दा बढी दाताहरुले रक्तदान गरेका थिए।


रक्तदान जीवनदान भएकोले यस्तो महान कार्य अन्य कुनै पनि कार्यहरूले पूर्ति गर्न नसक्ने कुरा अध्यक्ष महर्जनले बताए।
नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा ललितपुरका अध्यक्ष बाबुराजा महर्जनका अनुसार यस्तो रक्तदान कार्यक्रम ३६५ दिननै संचालन गरिन्छ। शाखा अध्यक्ष महर्जनका अनुसार अब रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटीले निकै सजिलो बनाएको छ।

नेपाल रेड क्रस सोसाइटीले NRCS BTS नामक एउटा एप संचालन गरी उक्त एप मार्फत आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आएको छ। उक्त एप, प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरि हेर्न सकिने छ। एपले नेपाल अधिराज्यभरी कुन ठाउमा कहिले र कति बजे रगत संकल गरिदैछ भन्ने जानकारी दिन्छ। रक्तदान गर्न इच्छुक ब्याक्तिले जुनसुकै दिन एप मार्फत अनलाइन हेरेर आफुलाई पायक पर्ने ठाउमा गएर रक्तदान गर्न सकिन्छ।

जिल्ला शाखा ललितपुरका अध्यक्ष बाबुराजा महर्जनका अनुसार आज ललितपुरका बिभिन्न पाँच ठाउमा रक्तदान कार्यक्रम एकै साथ संचालन गरिएको छ।

सेयर गर्नुहोस्