चितवनः कारागार भन्ने बित्तिकै बिभिन्न अपराधमा संलङ्न भएर सजाय काट्न पठाईने ठाउँको रुपमा चिन्ने गरिन्छ । तपाई हाम्रो समाजमा हुने गरेका अपराधको सजाय भोग्नेहरु अहिले कारागारमा बसेर के गरिरहेका छन् भन्ने तपाई हामीलेनै सोचि रहेका छौ । तर कारागार कार्यालय चितवनमा रहेका कैदी वन्दी मध्ये २ सय भन्दा बढि घरेलु उद्योगमा व्यस्थ रहने गरेका छन् ।
यहाँ बिभिन्न किसिमका सिपमुलक कामहरु मार्फत उनीहरु उद्योगमा लागेका हुन । बिशेष गरी लामो समय सम्मका लागि कैद सयाज तोकिएका, घरको आर्थिक अबस्था कम्जोर भएका कैदीवन्दीहरु घरेलु उद्योगको काममा आकर्षित भएका छन् । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार बत्तिकात्ने, मुढा बुन्ने, गलौचाको काम गर्ने, सिलाई कटाईको काम गर्ने लगाएतका काममा उनीहरु व्यस्थ रहने गरेका छन् । कारागार कार्यालयमा रहेका ७५५ जना कैदी बन्दी मध्ये ८० जना बाँसको मुढा बुन्ने, ८० जनाले गलौचाको काम गर्ने गरेको उहाँले बताउनुभयो । यस्तै सिलाईकटाईमा ७ जना, बत्ती कात्ने २० जना, खेलाउना वनाउने काममा एक जनाले काम गर्ने गरेका छन् । यस्तै आन्तरिक प्रशासन अन्तर्गत बिभिन्न काममा कारागारका कैदीवन्दीहरु लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यहाँ रहेका कैदीवन्दीहरु कुनै न कुनै काममा व्यस्थ रहने गरेका छन् ।” गलैचाको तान ४२ वटा रहेको जानकारी दिदैं उहाँले यी तानमा काम गर्न इच्छा गरेर काम गर्ने भए १२० जनाले रोजगार पाउने उहाँले जानकारी दिनुभयो ।
कारागार भित्र काम गरेर मासिक रु ५ हजार देखि १५ हजार सम्म कमाउने गरेको उहाँले बताउनुभयो । कारागार भित्र घरेलु उद्योग बाहेक बिभिन्न खेलकुदमा कैदीवन्दीहरु सहभागी हुने गरेको उहाँले बताउनुभयो । यहाँ उत्पादीत सामानहरु काठमाडौं, पोखरा, चितवन लगाएतका क्षेत्रमा बिक्रिका लागि पुग्ने गरेका छन् । कारागारबाट मासिक साधारण खालका चार सय र बिशेष खालाका तीन सय मुढा बिक्रि हुने गरेको छ । यस्तै गलैचा काठामा८ैंका उद्योगहरुले खरिद गर्ने गरेको उहाँले जानकारी दिनुभयो । कारागारमा काममा र खेलकुदमा कैदीवन्दीहरु सहभागी हुँदा फुर्सदको सदुपयोग गर्ने, नकारात्मक सोचको अन्त्य हुने र आयआर्जन संगै पछि समाजमा पुनःस्थापना हुन सहजा हुने उहाँले जानकारी दिनुभयो । कारागारका चौकीदार राम पुडासैनी ( नाम थर परिवर्तीत) काम गर्छु भन्नेहरु खालि बस्नु नपर्ने गरेको बताउनुहुन्छ । बिभिन्न संघ संस्थाहरुले यहाँ मनोपरामर्शको तालिम दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मनोपरामर्शले यहाँका कैदीवन्दीमा काम प्रति उर्जा थपेको छ ।”
यहाँ रहेका कैदी बन्दीहरुलाई लक्षित गर्दै बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिभिन्न सिपमुलक कार्यक्रममा सञ्चालनको तयारीमा रहेको ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार कपाल काट्ने, हाउस वाइरिङ् जस्ता तालिम दिन लागिएको जानकारी दिनुभयो । यस्ता तालिमले कैदीबन्दीलाई पुर्नःस्थापनामा सहयोग पुग्ने छ ।
