एनपिएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन

नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपिएल सुरक्षाको नेतृत्व गरी रहनुभएका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताउनुभयो । त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी एक हजार ५०० भन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको … Read more

सरकारले ‘बाघ छालामा स्यालको रजाइँ गरिरहेको छ : अध्यक्ष ओली

नेकपा एमालेले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा संसदीय दलको बैठक मंगलबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखेको राखेको छ । उक्त बैठकमा सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमाथि कडा प्रहार गरेका छन् । उनले यो सरकार आएपछि देशलाई आर्थिक, सामाजिक, राजनीतिक हरेक हिसाबले देशलाई पछाडि धकेल्न … Read more

एनपिएलः बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो । एक … Read more

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरुले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरुको साथ आफूलाई आवश्यक … Read more

नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा सुब्बा निर्वाचित

नेपाल चलचित्र निर्माता सङ्घको १९औँ साधारणसभाबाट अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी सुनीलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सोमबार भएको निर्वाचनमा महासचिव पदमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा रामप्रसाद रिजाल, उपाध्यक्ष पदमा ज्योतिराज राई निर्वाचित हुनुभयो भने रौनक विक्रम कँडेल निर्विरोध … Read more

नेपाल औषधि लिमिटेडद्धारा नौ प्रकारका औषधि उत्पादनको तयारी

नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका … Read more

‘निर्वाचन गराउने जिम्मेवारी सरकारको, सफल तुल्याउने दायित्व दलको’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान गरेका छन् । दल दर्तापछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा दलका नेताहरुले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष ढङ्गले निर्वाचन गराउने जिम्मेवारी सरकारको भए पनि त्यसलाई सफल तुल्याउने दायित्व भने राजनीतिक दल स्वयम्कै भएको स्पष्ट पारे … Read more

एनपिएलः विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन् । चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान भित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन् । पहिलो खेल अहिले कर्णाली याक्स र चितवन राइनोजबीच भइरहेको छ । यस्तै आजै साँझ पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्स खेल्नेछन् । … Read more

चितवनका दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो । सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो । रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको मार्टमा झुवानीस्थित आफ्नै उद्योगबाट उत्पादित … Read more

चितवन राइनोजद्वारा समर्थकलाई निःशुल्क बस व्यवस्था

क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौँसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो । राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट … Read more