युट्युबमा सार्वजनिक भयो ‘ऊनको स्वीटर’

सफल र चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ।निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो। नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शन भएपछि निर्माण पक्षले सबै दर्शकको पहुँचमा पुर्‍याउने उद्देश्यसहित यसलाई डिजिटल रूपमा रिलिज गर्ने निर्णय लिएको निर्देशक … Read more

चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई स्थानान्तरण

कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो । मकवानपुरको भिमफेदी, कपिलवस्तु, नुवाकोट, जगन्नाथदेवल काठमाडौँ, कास्की, नवलपरासी र नख्खुमा उनीहरूलाई स्थानान्तरण गरिएको हो । कारागारमा रहेका कैदीलाई चापअनुसार स्थानान्तरण गरिँदै आइएको कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो … Read more

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिल्लाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षीय चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय … Read more

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मङ्गलबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराएकामध्ये कुसैको पनि उजुरी परेको छैन । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार देशैभर उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएको थियो । बुधबार बिहान १०ः०० बजेदेखि … Read more

सुन्तलाले मनग्य मूल्य पाएपछि चितवनका किसान उत्साहित

जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको छ । इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी हुनुहुन्छ । उहाँले … Read more

सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु

सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो । काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो … Read more

प्रतिनिधिसभा निर्वाचन काठमाडौः सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा मतदान स्थल ३२० र … Read more

चितवनमा राष्ट्रियस्तरको ‘युनाइटेड टेक फ्युजन २०८२’ हुने

युनाइटेड टेक क्लबको आयोजनामा तथा युनाइटेड टेक्निकल कलेज, भरतपुर–११, चितवनको सहकार्यमा राष्ट्रियस्तरको प्राविधिक कार्यक्रम ‘युनाइटेड टेक फ्युजन २०८२’ आयोजना हुने भएको छ । सिभिल, कम्प्युटर, आईटी , विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा गठन गरिएको युनाइटेड टेक क्लबले यसअघि पनि राष्ट्रियस्तरका ह्याकाथन, प्रविधिमूलक कार्यक्रमहरू, तथा कलेजभित्र विभिन्न तालिम र कार्यशालाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको … Read more

स्टार्स मन्टेश्वरीमा अक्षरआरम्भ संस्कार कार्यक्रम, पण्डित सुवेदी र वरिष्ठ कलाकार चैत्यदेवी सहभागी हुने

स्टार्स मन्टेश्वरी एकेडेमीले सरस्वती पूजा विशेष कार्यक्रम आयोजना गरेको छ । हरेक बालबालिकाको सिकाइ यात्रा एउटा अक्षरबाट सुरु हुन्छ भन्ने पवित्र मान्यतालाई आत्मसात गर्दै भरतपुर–११, मालपोत चोकस्थित स्टार्स मन्टेश्वरी एकेडेमीले शुक्रबार विहान ९ बजेदेखि अक्षरआरम्भ संस्कार २०८२ विशेष तथा अर्थपूर्ण रूपमा आयोजना गर्न लागेको हो । २ वर्ष तथा सोभन्दा माथिका नानीबाबुहरूका लागि लक्षित यस … Read more

इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो । देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका निजको अस्पताल पुर्‍याउने क्रममा बाटामा … Read more