ऊर्जामन्त्रीका सय दिनः बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्नो १०० दिनको अवधिमा ऊर्जा उत्पादन, प्रसारण, लगानी व्यवस्थापन र विपद् न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण निर्णय तथा कार्यान्वयन भएको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले १०० दिनमा सम्पादित १०१ कामको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष निरीक्षण, सक्रिय निर्देशन र प्रशासनिक सुधारमार्फत विकास आयोजनालाई गति दिएको बताउनुभयो … Read more

मस्कोमा विस्फोट, २ प्रहरी अधिकारीको मृत्यु

मस्कोमा भएको विस्फोटमा २ प्रहरी अधिकारीको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् । दुई ट्राफिक प्रहरी अधिकारीहरूले येलेत्स्काया स्ट्रिटमा रहेको प्रहरी कार नजिकै एक शङ्कास्पद व्यक्ति देखेका थिए । उनीहरू ती व्यक्तिलाई पक्राउ गर्न जाँदा विस्फोटक पदार्थ विस्फोट भएको थियो । रुसको अनुसन्धान समितिका अनुसार दुई प्रहरी अधिकारी र एक जना सर्वसाधारणको मृत्यु भएको छ … Read more

कुलमानले भने -चुनावमा जाने बेलामा मन्त्रीबाट राजीनामा दिनेबारे निर्णय गर्छु

सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गरेका हुन् । ‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उनले भने, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु … Read more

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर पोखरीमा खसेपछि बालबालिका सहित आठ जनाको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ । घटना साङ्घाईबाट ४८० किलोमिटर पश्चिममा ग्रामीण क्षेत्र पेन्जे काउन्टीमा भएको पानीको पेखरीमा भएकोे जनाइएको छ । पिपुल्स डेली प्रेस अन्तर्गतको प्रकाशन न्यू सेक्युरिटीका अनुसार हालैको वर्षाले गर्दा चिप्लो भएको सडकको तल्लो भागमा उक्त … Read more

टर्कीएमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला

टर्कीएको राजधानी अङ्काराबाट उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको निजी विमानको ब्ल्याक बक्स टर्कीका अधिकारीहरूले फेला पारेका छन् । उक्त दुर्घटनामा लिबियाली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दादसहित उनका चार सहयोगीको मृत्यु भएको छ । फाल्कन ५० विमानले विद्युतीय प्रणालीमा समस्या आएको भन्दै आपतकालीन अवतरणको अनुरोध गरेपछि सम्पर्क विच्छेद भएको थियो । विमान त्रिपोली … Read more

निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक हुने बताउनुभएको छ । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेसका विषयमा राजनीतिक दलका लागि निर्वाचन आयोगद्वारा आयोजित दुई दिने अभिमुखीकरणको समापनसत्रलाई आज सम्बोधन गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले अहिलेको … Read more

थुन्से डोको बुन्ने श्रमिकलाई बजारकै पिरलो

उत्तरी धादिङको रिगाउँ चित्राफुङ्गाले परिचित छ । रीगाउँका सबैले थुन्से, डोको र भकारी बुन्छन् । स्कुले विद्यार्थी, शिक्षक र अन्य जागिरे पनि बिहान–बेलुका यही काम गर्छन् । निगालो र बाँसका सामग्री निर्माण गर्ने रिगाउँको रैथाने पेसा हो । साँझपख आँगनमा बसेर डोको बुन्दै गरेका आकाश तामाङ भन्नुहुन्छ, “गाउँका सबैले बुन्नुहुन्छ, विद्यालय जानु अघि र फर्किएपछि … Read more

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ । उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ । यस वर्ष उहाँको बारीमा … Read more

क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सयौँ विस्थापित

क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण आवासिय घरहरु प्रभावित हुदाँ सयौं मानिसहरु विस्थापीत भएको जनाइएको छ । भने क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँदीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने, जानकारी गराउदै राज्यको उत्तरी, मध्य र दक्षिणी भागका … Read more

दमकमा मोटरसाइकल दुर्घटनापरि चालकको मृत्यु

दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ … Read more